घरमै बसेर डाक्टरसँग परामर्शको सेवा सञ्चालनमा ल्यायो इवामुरा मेमोरियल अस्पतालले
काठमाडौं । डा इवामुरा मेमोरियल अस्पताल सल्लाघारीले अनलाईन ओ पि डि सेवा सञ्चालनमा ल्याएको छ ।
समयको मागसँगै अस्पतालले सेवाग्रहीलाई सेवा प्रवाहमा सहजता र सुबिधा प्रदान गर्ने उदेश्यका साथ ओपिडि सेवा सञ्चालनमा ल्याएको अस्पतालका ब्यवस्थापक जिवन मारिखुले बताए ।
उनले भने, यो सेवा लिनका लागि सेवाग्रहीले जुम नामका प्लाटर्फम मार्फत डाक्टरसँग प्रत्यक्ष आफूलाई आवश्यक परेको सेवा लिन सकिने छ । अस्पताल सम्म आउनु नपर्ने र घरमै बसेर डाक्टरसँग परामर्शको सेवा लिन सकिने उनले जानकारी दिए ।
अस्पतालले कोभिड १९ को आरडिटि परिक्षण गरिरहेको जानकारी दिँदै मारिखुले भने अस्पतालले छिट्टै नै घाउ नबनाई पत्थरीको सल्यक्रिया गरिने बिधिसमेत सञ्चालनमा ल्याउँदै छौं ।
अस्पतालले सञ्चालनमा ल्याएका बिभिन्न गतिबिधिका लागि सिधै ९८६१९३७३४५ सम्पर्क गरेर जानकारी दिन सकिने मारिखुले जानकारी दिए ।
प्रकाशित मितिः२०७७ असार ०८ सोमबार