गर्मीमा आँप खाँदा फाइदैफाइदा

भक्तपुर न्यूज

७ असार २०७७ ८:२७

गर्मीमा आँप खाँदा फाइदैफाइदा

काठमाडौँ । यो मौसममा बजारमा प्रशस्त आपँ पाउने गरिन्छ । आँपमा प्रशस्त मात्रामा भिटामिन ए, भिटामिन सी का साथै कपर, जिंक, पोटाशियम, मिनरल्स पाइन्छ । तसर्थ आँपको नियमित सेवन गर्नाले शरीरलाई निकै फाइदाजनक हुन्छ ।

१. गर्मी फल भनिएपनि आँपसंग जीरा, विरे नुन र चिनीको साथमा मिलाएर खानाले शरीरबाट गर्मी भाग्दछ ।

२. आँपमा हुने भिटामिन ईले मानिसको सेक्स हर्मोनमा बृद्धि भई यौन क्षमतामा विकास गराउँछ ।

३. आपँमा पाइने टरटरिक एसिड, म्यालिक एसिड र सिट्रिक एसिडले शरीरमा रहेको अनावश्यक अम्लिय पदार्थलाई नष्ट पार्न सहयोग गर्दछ ।

४. आँपको सेवनले शरीरमा भएको रगतको कमीलाई पुर्ति गर्दछ । आँपले शरीरमा रगतको मात्रा बढाउँछ ।

५. आँपको सेवन गर्भवती महिलालाई पनि फाइदाजनक हुन्छ । गर्भवती महिलामा हुन सक्ने रगतको कमीलाई यसले पुरा गर्दछ ।

६। आँपमा फाइबरका साथै भिटामिन सी समेत पाइन्छ यसले शरीरमा कोलेस्ट्रेरोलको स्तर सन्तुलित रहन्छ । साथै मुटु सम्बन्धी समस्याबाट मुक्ति मिल्दछ ।

७. आँपको नियमित सेवनले पेटमा हुने कब्जियत, एसिडिटी तथा ग्याँस्ट्राइटिसको समस्याबाट राहत पाइन्छ ।

८. आँपको सेवनले शरीरमा शक्ति प्रदान गर्नुका साथै शरीरमा रोगप्रतिरोधात्मक क्षमता विकासमा मद्दत गर्दछ । यसले शरीरमा हुने साधारण इन्फेक्सनबाट बचाउँछ ।

९. आँपमा भरपूर मात्रामा भिटामिन बी ६ पाइन्छ । यसले मस्तिष्क स्वस्थ राख्नुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्दछ ।

१०. आँपमा पाइने भिटामिन एले आँखा तेजिलो पार्नमा सहयोग गर्दछ । यसले आँखा सम्बन्धी समस्याबाट छुटकारा दिलाउँछ ।

प्रकाशित मितिः२०७७ असार ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *