तीन आम समस्या, तीन सहज योग

भक्तपुर न्यूज

५ असार २०७७ ९:२१

तीन आम समस्या, तीन सहज योग

काठमाडौं । हामीलाई केही न केही सानोतिनो समस्याले सताइरहेको हुन्छ । जस्तो कहिले कम्मर दुख्ने, कहिले रुघा लाग्ने, कहिले नाक बन्द भएर सास फेर्न गाह्रो हुने । यस्तो अवस्थामा औषधि खोज्ने कि त्यसको अरु विकल्प ?

यी सामान्य समस्याहरुको हल योगासनबाट सहजै गर्न सकिन्छ । कतिपय योगासन यस्ता हुन्छन्, जो प्रभावकारी त हुन्छन् नै उत्तिकै सहज पनि ।

कम्मर दुख्ने

कारण– माशंपेशी खुम्चिनु, उठ्ने र बस्ने गलत तरिका, सुत्केरीमा धेरै शारीरिक श्रम गर्नु ।

हलासन

– जमिनमा कम्मरको बलमा सुत्ने, दुबै हातलाई जमिनमा राख्ने ।

– दुबै खुट्टाको पञ्जा मिलाएर राख्ने ।

– दुबै खुट्टालाई बिस्तारै–बिस्तारै माथि उठाउने र ९० डिग्रीको कोण बनाउँदै टाउकोबाट पछाडितिर लाने ।

– हातलाई पछाडितर्फ जमिनमा तन्काएर राख्ने ।

– १–२ मिनेटसम्म यस स्थितीमा रहेर सास लिने एवं छाड्ने ।

– बिस्तारै पहिलेकै अवस्थामा आउने ।

टिप्स

– हर्बल आयललाई मनतातो बनाएर कम्मरमा मसाज गर्ने ।

– तोरी वा नरिवलको तेलमा ८ वटा जति लसुन हालेर पकाउने, चिसो भएपछि कम्मरमा मसाज गर्ने ।

रुघा ज्वरो

कारण– मौसमी परिवर्तन, गलत खानपान र जीवनशैली, भाइरस आदि ।

सर्वागासन

 

– कम्मरको बलमा सुत्ने र दुबै हात जमिनमा राख्ने ।

– सास लिदै बिस्तारै खुट्टालाई माथि उठाउने । यसरी खुट्टा माथि उठाएको बेला हातले कम्मरलाई सपोर्ट दिने ।

– खुट्टालाई ९० वा १ सय २० डिग्रीमा लगेर हातलाई कम्मरको पछाडि लाने ।

– खुट्टलाई मिलाएर सिधा राख्ने, फेरी पूर्व अवस्थामा आउने ।

– आँखालाई बन्द गरेर दुबै आँखीभौंको बीचमा दुई तीन मिनेटसम्म ध्यान केन्द्रित गर्ने ।

टिप्स

– २ चिया चम्चा पानको पत्ताको रसमा १ चिया चम्चा मह मिसाएर दिनमा दुई पटक सेवन गर्ने ।

– ४ कप पानीमा १ ठूलो चम्चा बेसार र केहि तुलसीको पात मिसाएर १० मिनेटसम्म उमाल्ने । त्यसलाई छानेर १ चिया चम्चा मह र स्वाद अनुसार कागतीको सर मिसाएर पिउने ।

माइग्रेन

कारण– अनिन्द्रा, तनाव, शरीरमा पोषक तत्वको कमी, अल्कोहलको अधिक सेवन, एलर्जिक रिएक्सन

अनुलोम बिलोम प्राणायम

– सुखासनमा बस्ने । कम्मरलाई एकदमै सिधा राख्ने ।

– बुढी औंलाले देब्रे नाक बन्द गर्ने, दाँया नाकले सास लिने । अब साहिली औंलाले अर्को नाक बन्द गर्ने ।

– बुढी औंला बिस्तारै हटाएर सास छाड्ने ।

– देब्रे नाकले सास लिएर केहिक्षण रोक्ने ।

– दाँया नाकले सास निकाल्ने, केहि क्षण रोक्ने र सोहि नाकबाट सास लिने ।

–  सासलाई बिस्तारै बिना आवज भित्र लाने र छाड्ने प्रक्रिया दोहो¥याउने ।

टिप्स

– आधा गिलास गाजरको जुसमा आधा गिलास पालकको जुस मिसाएर पिउने ।

– कागतीको बोक्रालाई पिसेर पाउडर बनाउने, थोरै पानीमा मिलाएर तालुमा राख्ने ।

प्रकाशित मितिः २०७७ असार ५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *