अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

भक्तपुर न्यूज

१ असार २०७७ ९:०२

अनलाइन, रेडियो र टेलिभिजनबाट धमाधम पढाइ

काठमाडौँ । कोरोना महामारीका कारण शिक्षालय खुल्न नसकेको स्थितिमा सूचना, सञ्चार र प्रविधिको प्रयोगबाट देशभर पढाइ हुन थालेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १८ जेठमा ‘वैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाइ सहजीकरण निर्देशिका, २०७७’ जारी गरी १ असारदेखि अनिवार्य कार्यान्वयन गर्न आग्रह गरेको थियो।

सोहीबमोजिम आजदेखि रेडियो, टेलिभिजन, भर्चुअल, स्वःअध्ययन सामग्रीलगायत विधिबाट वैकल्पिक अध्यपन शुरु भएको हो।

सामुदायिक तथा निजी विद्यालयमा आजदेखि टेलिभिजनमार्फत पढाइ शुरु हुन लागेको हो। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेका पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित भई उत्पादन गरिएका विषयगत श्रव्यदृश्य पाठहरू प्रसारण गरिनेछ।

गत ११ चैतदेखि जारी लकडाउनका कारण शिक्षण संस्थाको पठनपाठन तथा परीक्षा स्थगन गरिएको छ। कक्षा १ देखि ८ सम्मको एनटीभी प्लसबाट बिहान १० देखि अपराह्न ३ बजेसम्म पाँच घन्टा पठनपाठन गरिनेछ।

लकडाउनका कारण विद्यालय तहमा अध्ययनरत ७७ लाख विद्यार्थी प्रभावित बनेका छन्। सामुदायिक क्षेत्रका ५७ लाख र निजीका २० लाख गरी ७७ लाख विद्यार्थी आजदेखि वैकल्पिक अध्ययनमा जान लागेका हुन्।

प्रकाशित मितिः २०७७ असार १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *