भक्तपुर खरिपाटी क्वारेन्टाइनमा बिदेशबाट पर्किएका ९ बालबालिकासहित १२५

भक्तपुर न्यूज

३१ जेठ २०७७ ११:११

भक्तपुर खरिपाटी क्वारेन्टाइनमा बिदेशबाट पर्किएका ९ बालबालिकासहित १२५

भक्तपुर । शुक्रबार कुवेतबाट स्वदेश फर्किएका १ सय ५० मध्यमा २ जनामा कोरोना भाइरस संक्रमण शंकास्पद देखिएको भन्दै स्वावको नमुना संकलन गरेपछि वाकी १ सय ७ जनालाई भक्तपुर र ४१ जनालाई ललिपुरको क्वारेन्टाइमा राखिएको छ ।

२ जनालाई भने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा भर्ना गरिएको महानगरिय प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी सविन प्रधानले जनाकारी दिए ।

भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा शुक्रवार कुवेत बाट फर्किएका ९ जना बालबालिका सहित १ सय ३ जना र जापानबाट फर्किएका ४ जना गरि जम्म १०७ जना रहेका छन् ।

यस अघि यहाँ रहेका भक्तपुर अस्पतालका ६ जना, दुबईबाट फर्किएका १२ जना गरि जम्मा १२५ जना रहेको बिर दल गणका प्रमुख कर्णेल शिव पौडेलले जनाकारी दिए । उनीहरुलाई शंकास्पद २ जनाको रिर्पोटन नआउन्जेल क्वारेन्टाईन मै राखिने कर्णेल शिव पौडेलले जनाकारी दिए । यस स्थानको क्वारन्टाईमा शुरु देखि नै संपूर्ण व्यवस्थापन बिरदल गण सुर्यबिनायकले गर्दैं आएको छ ।

यहाँ पहिलो पटक गत फागुण ४ गते चीनबाट १७५ जना नेपाली बिद्यार्थीहरुलाई राखिएको थियो ।

प्रकाशित मितिः २०७७ जेठ ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय