क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु

भक्तपुर न्यूज

३१ जेठ २०७७ १०:३६

क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु

दाङ । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ घर भएका १८ वर्षीय युवकको मृत्यु भएको छ । दाङमा क्वारेन्टिनमा बसेका प्युठानका एक युवकको मृत्यु भएको हो । ।

भारतबाट आएका उनी जेठ १२ गते बंगलाचुली गाउँपालिकाको भुटनेटा क्वारेन्टिनमा बसेका थिए । उनलाई बान्ता हुनुका साथै स्वासप्रस्वासमा समस्या भएपछि उनलाई शनिबार आज बिहान उपचारका लागि बुटवल ल्याइको थियो ।

तर उनको मृत्यु भएको माण्डवी गाउँपालिकाका अध्यक्ष भक्त बहादुर ओलीले जानकारी दिएका छन् ।

उनको थ्रोट स्वाब भेन क्वारेन्टिनमा बस्दा नै संकलन भएको थियो । जेठ २१ गते स्वाव संकलन गरेर राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङमा पठाइए पनि रिपोर्ट आएको छैन ।

प्रकाशित मितिः २०७७ जेठ ३१ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय