भारतीय सेना फिर्ता गर्न पहल गरौं : रावल
काठमाडौं । नेकपा सांसद भिम रावलले कुटनीतिक कुशलताका आधारमा कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न पहल गर्नुपर्ने बताएका छन् ।
संसदमा संविधान संसोधन विधेयकमाथिको छलफलका क्रममा सरकारले कालापानीमा रहेको भारतीय सेना फिर्ता गर्न काम गर्ने समेत बताए । उनले सरकारलाई सबैले सहयोग गर्नेभन्दै सरकार अब मातृभूमि रक्षाका लागि काम गर्नुपर्ने समेत बताए ।
सबै सीमानालाई सुरक्षा गर्न समेत सरकारले पहल गर्नुपर्ने भन्दै उनले भने,‘भौगोलिक अखण्डताका लागि हामी एकमत भएका छौं । यस्तो बेलामा भारतसँग सम्बन्ध सुमधुर हुनुपर्छ । हाम्रो आत्मनिर्णयको अधिकारको सम्मान हाम्रा छिमेकीले पनि गर्नुपर्छ ।
प्रकाशित मितिः २०७७ जेठ ३१ शनिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
