बासी भात स्वास्थ्यका लागि फाइदै फाइदा

भक्तपुर न्यूज

२८ जेठ २०७७ ०:१०

बासी भात स्वास्थ्यका लागि फाइदै फाइदा

काठमाडौं । हुन त कुनै अन्न फाल्नु हुदैन । अझ हाम्रो मुख्य खानाका रुपमा रहेको भात फाल्नु झन् खराब हो । यो जान्दा जान्दै पनि बासीभात भने पछि प्राय मान्छेले खादैनन् भने अरुलाई पनि नखान सुझाव दिन्छन् ।

गाउँघर तिर बासी भात खानेलाई बासीभाते भन्ने गर्छन् र बासीभाते हुनु भनेको नराम्रो हो भन्ने आमधारणा रहेको पाइन्छ तर यसले पनि शरीरमा धेरै फाइदाहरु पुर्याउने अनुसन्धानबाट खुलेको छ ।

भात खानुका फाइदाहरु यस प्रकार छन् 

१। भातमा पर्याप्त मात्रामा फाइबर पाइन्छ, जसले कब्जियतको समस्याबाट छुट्कारा दिलाउछ ।

२। यतिमात्रै नभएर बासी भातमा महत्वपूर्ण पोषक तत्व तथा लवण हुने गर्दछ। उक्त अनुसन्धानका अनुसार प्रत्येक दिन यसको सेवन गर्नाले पोषक तत्वको कुनै पनि कमी हुँदैन ।

३। साथै बासी भातले स्लिम बनाउन मद्दत गर्दछ ।

४। बासि भातले तपाई दिनभर आफूलाई ताजा बनाइ राख्न सक्नु हुन्छ । जसले गर्दा तपाईलाई दिनभर काम गर्नमा इनर्जी प्राप्त हुन्छ ।

५। यसका साथै बासीभातले अनुहारमा चमक ल्याउँछ ।

६।यदी तपाईलाई चिया वा कफी पिउनुको खराब बानी छ भने बासी खाना तपाईको लागि एकदमै जरुरी छ । बिहान बिहान बासी खाना खानाले तपाईको चिया तथा कफी पिउने लत विस्तारै कम भएर जान्छ ।

७। यदी शरिरको तापमान अधिक छ भने बासी भात खानाले शरिरको तापमान नियन्त्रित हुन्छ । यसको परिणाम चिसो हुने गर्छ । जसले तपाईको तापमान कम गरेर साना–साना समस्याबाट जोगाउने काम गर्छ ।

८। बासी भात खानाले पेटसम्बन्धी समस्या कम हुन्छ ।

९। यदि तपाईलाई अल्सर भएमा हप्तामा तीन पटक बासी भात खाएमा यसले फाइदा गर्छ ।

१०। शरिरमा कहिलेकाही गर्मी बढ्नाले छालामा विभिन्न समस्याहरु देखिने गर्छन् । यदी तपाईलाई पनि यस्तै समस्या छ भने बासी खाना खाने गर्नुहोस् । ३ दिनमा तपाईलाई राहत महसुस हुन्छ ।

११। शरिरमा कुनै प्रकारको चोट वा घाउ छ भने बासी खाना खानाले चोट निको हुन समेत मदत गर्छ ।

प्रकाशित मितिः २०७७ जेठ २८ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *