युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

भक्तपुर न्यूज

२७ जेठ २०७७ ४:२२

युनाईटेड लिजेण्ड टोनी ड्युनको निधन

काठमाडौं । म्यान्चेष्टर युनाईटेडबाट युरोपियन कप जितेका लिजेण्ड खेलाडी टोनी ड्युनको ७८ बर्षको उमेरमा निधन भएको छ । प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडका डिफेन्डर रहेका टोनीले सन् १९६८ मा युरोपियन कपको उपाधि जितेका थिए । बेम्वलीमा भएको खेलमा युनाईटेडले बेन्फिकालाई ४–१ ले हराउँदै उपाधि जितेको थियो ।

बेम्वलीमा उपाधि उचाल्ने युनाईटेड पहिलो ईङ्लिस क्लब बनेको थियो । सन् १९५८ मा म्युनिखमा भएको विमान दुर्घटनापछि क्लबलाई शानदार सफलता दिलाउने अभियानमा ड्युनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रिपब्लिक अफ आयरल्याण्डका पूर्व अन्तराष्ट्रिय खेलाडी समेत रहेका टोनीले ओल्ड ट्राफोर्डमा १३ बर्ष बिताएका थिए ।

उनले युनाईटेडबाट दुई पहिलो डिभिजनको फुटबल उपाधि र एफ ए कप उपाधि जितेका थिए । म्यान युनाईटेडले टोनीको निधनको पुष्टि गर्दै क्लबका महान खेलाडीको रुपमा ब्याख्या गरेको छ । ड्युनले युनाईटेडका लागि ५ सय ३५ खेलमा प्रतिस्पर्धा गरेका छन् । उनी भन्दा ७ खेलाडीले मात्र युनाईटेडको जर्सीमा धेरै खेल खेलेका छन् । एजेन्सी

प्रकाशित मितिः २०७७ जेठ २७ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय