डब्ल्युएचओ : घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव

भक्तपुर न्यूज

२४ जेठ २०७७ ५:४९

डब्ल्युएचओ : घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव

काठमाडौं । विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले घरबाहिर निस्कदा मास्कको प्रयोग अनिवार्य गर्न सुझाव दिएको छ । यसअघि स्वस्थ व्यक्तिले मास्क लगाउन नपर्ने बताएको डब्ल्युएचओले मास्कसम्बन्धी निर्देशिका परिमार्जन गर्दै सामाजिक दूरी कायम गर्न सम्भव नहुने स्थानहरुमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न सुझाव दिएको हो ।

सार्वजनिक यातायात, बजार लगायतका भीडभाड हुने स्थानमा जाँदा घरमै बनाइएको कपडाको मास्क भए पनि लगाउन डब्ल्युएचओले सुझाएको छ ।

डब्ल्युएचओको कोभिड–१९ सम्बन्धका प्रमुख प्राविधिक विज्ञ डा। मारिया भान केर्खोभले कपडाको मास्क मात्रै लगाउँदा पनि कोरोना भाइरस मिसिएका थुकका छिटाहरुबाट केही हदसम्म जोगिन सकिने उल्लेख गरेकी छन् ।

कोरोना भाइरसको संक्रमण फैलिने क्रमसँगै सबैले मास्क लगाउन थालेपछि विश्वभर मास्क अभाव भएको थियो । त्यसबेला डब्ल्युएचओले संक्रमित व्यक्तिको नजिक जाने र संक्रमित व्यक्तिबाहेक अन्य स्वस्थ व्यक्तिले मास्क नलगाए पनि हुने बताएको थियो ।

प्रकाशित मितिः २०७७ जेठ २४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *