संबिधान संशोधन देशको अहितमा : गौतम
भक्तपुर, १८ मंसिर । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व प्रधानमन्त्री बामदेव गौतमले वर्तमान समय संविधान संशोधन नभई संविधान कार्यान्यवन गर्ने समय भएको बताउनु भयो ।
भक्तपुरको वोडेमा आयोजित सेवा निवृत्त कर्माचारीहरुको प्रथम एसिया प्रसान्त क्षेत्रीय सम्मेलनको उद्घाटन कार्यक्रमा बोल्दै उपाध्यक्ष गौतमले अहिले संविधान संशोधन नभई संविधानका प्रावधानहरुको आधारमा कार्यान्यवन गर्दै जाने समय भएको बताउनु भयो ।
उहाँले यदि कसैलाई सीमांकन हेरफेर गर्ने, संविधान संशोधन गर्ने हो भने वा आफ्नो किसिमको संविधान बनाउने हो भने निर्वाचन गएर दुई तिहाई बहुमत ल्याएर आफू अनुकुल संविधान बनाउनु पर्नेमा जोड दिनु भयो ।
कसैले चाहेर पनि नेपाललाई विखण्डन गर्न नसक्ने भन्दै उहाँले यदि नेपाल र नेपालीको राष्ट्रिय भावनामा आँच आउने काम गरे कुनै पनि नेपाली चुप लागेर नबस्ने र त्यसको प्रतिक्रिया दिन पछि नहट्ने भन्दै वर्तमानमा एक लाख सेना रहेको अवस्था परिवर्तन भई देशका लागि हरेक नेपाली सेना बन्ने बताउनु भयो ।
उहाँले प्रदेशको सीमांकनको हेरफेर प्रदेश सभालले गर्ने काम रुपान्तरण संसदले गर्न नपाउने भन्दै यो ठाडो संविधानको उल्लंघन भएकोले बताउनु भयो ।
उहाँले वर्तमान समयमा प्रतिपक्षमा रहेको एमालेलाई कुनै जानकारी नै नगरि देश हित बिपरित संसोधन गर्न लागेको भन्दै यो संबिधान संशोधन हुनै नसक्ने अवस्था रहेको भन्दै दुई तिहाईको बहुमतको दम्ब नदेखाउनु नै उपयुक्त रहेको बताउनु भयो ।