एडिबीले १३ अर्ब ऋण दिने

भक्तपुर न्यूज

१७ मंसिर २०७३ १०:०६

एडिबीले १३ अर्ब ऋण दिने

एसियाली विकास बैंकले नेपालको विद्यालय शिक्षा सुधारका लागि १३ अर्ब रुपैयाँ ऋण उपलब्ध गराउने भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार अर्थ सचिव शान्तराज सुवेदी र एशियाली विकास बैंक (एडिबी) का नेपाल प्रमुख केनिची योकोमानबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो। विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसडिपी) अन्र्तगत परिचालन हुने रकम माध्यमिक तहको शिक्षा सुधार र गुणस्तरीय शिक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा खर्च हुने बताइएको छ।
यसैगरी विभिन्न जिल्लामा भूकम्प लगायत प्रकोप प्रतिरोधी पूर्वाधार निर्माणमा पनि एसएसडिपीले रकम खर्च गर्ने भएको छ । ऋण संझौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै एडिबीका नेपाल प्रमुख योकोमानले नेपालको विकास निर्माण, पूर्वाधार र शिक्षा क्षेत्रमाथिको सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *