छालालाई हानि पुर्याउने तीन पेय पदार्थ
काठमाडौं । मानिसहरू आफ्नो शरीर सुन्दर बनाउनका लागि विभिन्न उपायहरू अपनाउनुका साथै अनुहार सफा र सुन्दर राख्नका लागि धेरै पैसा पनि खर्च गर्छन् ।
तर, केही पेय पदार्थको सेवनले सुन्दरतालाई हानी पुर्याइरहेको हुन्छ । मानिसहरू विभिन्न पेय पदार्थको सेवन गर्न रुचाउँछन् । मानिसहरूले थाहा नपाइ पिउने केही पेय पदार्थहरूले छालालाई हानि पुर्याउने गर्छ ।
छालालाई हानी गर्ने केही पेय पदार्थहरू
कफी : कफीमा क्याफिन र चिनीको उच्च मात्राको कारणले छालामा तेलको मात्रा बढाएर पिम्पल, दाग तथा चाया(पोतोलाई थप खराब बनाउन सक्छ ।
मदिरा : रक्सी छालाको ओस शोषण गरेर छालालाई सुक्खा बनाउँछ । रक्सीको सेवनले चाँडै चाउरीपन निम्त्याउनुका साथै ब्ल्याकहेड, व्हाइटहेड, पिम्प्लास र गहिरो दागहरूको कारण बन्न सक्छ ।
सोडा र कोल्ड ड्रिंकस् : सोडा र कोल्ड ड्रिंकमा रहेको चिनी र अन्य सामग्रीहरू स्वास्थ्यको लागि हानिकारक हुन्छन् नै साथै छालामा पनि नकारत्मक असर गर्छन् । सोडाको अधिक सेवनले शरीरमा भएको पानीको स्तरलाई कम गर्दछ । जसकारण अनुहार ड्राइ हुने, चिलाउने, पिम्पल्स आउने, अनुहारको चमक हराउने हुन्छ ।
प्रकाशित मितिः २०७७ जेठ १५ बिहिबार