अण्डाको पहेंलो भाग अधिक सेवन गरे हानी

भक्तपुर न्यूज

१४ जेठ २०७७ ४:४१

अण्डाको पहेंलो भाग अधिक सेवन गरे हानी

काठामडौं । अण्डाको सेवनले स्वास्थ्यमा धेरै फाइदाहरू हुने गर्छ । तर, अण्डाको पहेँलो भागको सेवन गर्नु हुँदैन भन्ने धेरै कुराहरू पनि सुन्नमा आउने गर्छन् ।अण्डाको पहेँको भागको अधिक सेवन स्वास्थ्यको हानिकारक हुनुका साथै यसले स्वास्थ्यलाई अन्य धेरै तरिकामा असर गर्न सक्छ । अण्डाको पहेँलो भागलाई अंग्रेजी भाषामा एग योल्क भनिन्छ ।

पछि यसले भ्रुणको आकार लिन्छ, जसको कारण कुखुरा तयार हुन्छ । भ्रुणमा धेरै तातो हुने हुँदा पहेलो भागलाई धेरै खाए पछि केही दिनहरूमा नकारात्मक प्रभाव देखाउन थाल्छ ।

अण्डाको पहेँलो भागको अत्यधिक सेवनले गर्ने विभिन्न असरहरू यस्ता छन् ।

इन्फेक्सन : अण्डाको पहेंलो भाग खाँदा संक्रमण हुने खतरा धेरै बढ्छ । कच्चा रूपमा अण्डाको सेवनले संरमणको खतरा थप बढाउँछ ।

कमजोर इम्युन सिस्टम भएकाहरूलाई खतरा : अण्डाको पहेँलो भागको सेवन कमजोर प्रतिरक्षा प्रणालीको लागि खतरनाक हुन सक्छ । प्रतिरोध क्षमता धेरै कमजोर भएका मानिसहरूलाई अण्डाको सेवन हानिकारक हुन सक्छ । सीडीसीका अनुसार एचआईभी पीडित र अंग प्रत्यारोपण भएका व्यक्तिले अण्डाको पहेँलो भाग खानु हुँदैन ।

मधुमेहका बिरामी सावधान हुन जरुरी : मधुमेह समस्या भएका व्यक्तिहरूले अण्डाको पहेंलो भाग खानदेखि टाढा बस्नुपर्छ । अण्डाको पहेलो भागमा कोलेस्ट्रोलको एक उच्च मात्रा पाइन्छ । कोलेस्ट्रोल मधुमेह भएका बिरामीहरूलाई धेरै हानिकारक हुन्छ । मधुमेह बिरामीहरूले नियमित रूपमा अण्डाको पहेंलो भागको सेवन गरेमा पखाला, ज्वरो, पेट दुख्ने जस्ता समस्या पनि देख्न सक्छन् ।

मुटु रोगको जोखिम बढ्छ : अण्डाको पहेँलो भागको अधिक सेवनले मुटुसम्बन्धी रोगको जोखिम पनि निकै गुणा बढ्छ । अण्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा अधिक हुने हुँदा नियमित रूपमा अण्डाको पहेलो भागको सेवन गरेमा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ जसले सजिलै हृदय रोगहरू निम्त्याउन सक्छ ।

प्रकाशित मितिः २०७७ जेठ १४ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *