बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा

भक्तपुर न्यूज

११ जेठ २०७७ १२:५०

बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा

काठमाडौं । बाँकेको नरैनापुरलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । कोरोना भाइरस कोभिड १९ संक्रमितको संख्या बढ्नुका साथै क्वारेन्टाइनमा रेहका संक्रमित नै भाग्न थालेपछि सो क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले राति ८ बजेबाट निषेधित लागू गर्ने र नेपाली सेनासहित सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको हो । ‘संक्रमितहरुको संख्या धेरै बढ्यो। यस्तो अवस्थामा लकडाउनलाई थप प्रभावकारी बनाएनौँ भने समुदायस्तरमै संक्रमण फैलिने खतरा रहन्छ। त्यसकारण लकडाउन प्रभावकारी बनाउन निषेधित क्षेत्र घोषणा गरिएको हो ।

नरैनापुरमा कूल ११४ जनामा कोरोना संक्रमण देखिएको छ । उनीहरु मध्ये एकको मृत्यु भएको छ । यसअघि गाउँपालिकाले समेत कोरोना संक्रमित बढ्न थालेपछि संक्रमण समुदायमा फैलिने खतरा रहेको हुँदा स्थिति नियन्त्रणबाहिर जाँन नदिन उच्चस्तरीय चिकित्सक टोलीसहति थप सुरक्षाकर्मी परिचालन गर्न समेत अनुरोध गरेको थियो । शनिबारमात्र थप २७ जनामा कोरोना पोजेटिभ देखिएसँगै त्यहाँ कोरोना संक्रमितको संख्या ११४ पुगेको हो ।

प्रकाशित मितिः २०७७ जेठ ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय