गएराति सुदूरपश्चिममा भूकम्पको धक्का
काठमाडौं, १७ मंसिर । गएराति दार्चुलाबाट १५ किलोमिटर उत्तरपश्चिम भारतको भूभागमा केन्द्रविन्दू भएको ५.३ रेक्टर स्केलको भूकम्प गएको छ । राति १०ः३७ मा भारतलाई केन्द्रविन्दू बनाएको भूकम्पले नेपालको पश्चिमी क्षेत्रमा समेत प्रभाव परेको भूकम्पमापन केन्द्र, सुर्खेतले जनाएको छ ।
भूकम्पको महसुस सुदूरपश्चिमका दार्चुलालगायत सबै जिल्लामा गरिएको थियो । अहिलेसम्म क्षतिको कुनै विवरण आएको छैन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
