पोर्नाेग्राफीले यौन आक्रमकता बढाउने

भक्तपुर न्यूज

८ जेठ २०७७ ६:३३

पोर्नाेग्राफीले यौन आक्रमकता बढाउने

काठमाडौं । पोर्नोग्राफी हेर्नेहरुमा यौन आक्रमकता हुने अध्ययनले देखाएको छ । विश्वका विभिन्न सात देशमा गरिएको २२ प्रकारका अध्ययनबाट यस्तो पत्ता लागेको हो ।

पोर्नोग्राफी धेरै हेर्ने महिला र पुरुषहरुबीच यसको आक्रमतासँग सम्बन्ध गासिएको हुन्छ । अध्ययन अनुसार पोर्नोग्राफीको सम्बन्ध शारीरिक यौन आक्रमकता भन्द बढी मौखिक यौन आक्रमता देखिएको छ ।

अमेरिकाको हवाई युनिभर्सिटी र इंडियाना यूनिर्भसिटीका अनुसन्धानकर्ताहरुले गरेको निष्कर्ष अनुसार यौन आक्रमकताको पछाडी हिंस्रक पोर्नोग्राफी हुने गरेको छ ।

वोकेटिभ डटकमका अनुसार पोर्नोग्राफी हेर्नेहरुमा यौन आक्रमता मात्रै नभइ, यौन उत्पिडन, बलात्कार अदिसँग सम्बन्ध देखिएको छ । शोधकर्ताहरुले यौन आक्रमकता जटिल भएको बताए ।

तर सबै पोर्नोग्राफी हेर्नेहरु आक्रमक हुने भन्ने नरहेको अनुसन्धानकर्ताहरु बताउँछन् । पोर्नोग्राफी हेर्दै नहेर्ने भन्दा अधिक हेर्नेहरुमा भने यस्तो समस्या रहेको शोध पत्रिका जर्नल अफ कम्यूनिकेसनमा प्रकाशन गरिएको छ । एजेन्सी

जेष्ठ ८, २०७७ मा प्रकाशित


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *