काठमाडौं । बार्सिलोनाका लिजेण्ड जाभीले लिभरपुलका स्टार साडियो माने र आर्सनल फरवार्ड पियरी ईम्रिक अबुमियाङलाई अनुबन्ध नगर्न बार्सिलोनालाई चेतावनी दिएका छन् ।
प्रिमियर लिग दुई स्टार फरवार्डको प्रशंसा गर्दै जाभीले बार्सिलोनाका लागि दुवै खेलाडीको सरुवा गलत हुने धारणा राखे । बार्सिलोनाका पूर्व मिडफिल्डर जाभीले माने र अबुमियाङको मुल्याङक गर्दै दुवै खेलाडी नाउ क्याम्पमा राम्रो प्रर्दशन गर्न नसक्ने धारणा राखे ।
उनले आर्सनलका फरवार्ड अबुमियाङको उच्च सम्मान दिदै उनी बार्सिलोनामा चम्किन नसक्ने बताए । लिभरपुलमा उत्कृष्ट लयमा देखिएका माने पनि बार्सिलोनामा खेल्नका लागि संघर्ष गर्नुपर्ने उल्लेख गरे ।
जाभी कतारी कलब अल सद्धमा म्यानेजरको रुपमा कार्यरत छन् । उनले गत सिजन प्रिमियर लिगमा मोहमद सालाहसंग सर्वाधिक गोलकर्ताको रुपमा गोल्डेन बुट बाँडेका दुवै खेलाडीलाई बार्सिलोनाका प्रशिक्षक क्विक सेटियनको शैलीमा खेल्न समस्या हुने बताउछन् ।
‘माने र अबुमियाङले खाली स्पेसमा मौका गुमाउँदैनन् । तर बार्सिलोनालाई सानो ठाउँमा समेत अघि बढ्ने खेलाडी चाहिन्छ ।’ उनले भने ।
‘म बार्सिलोनामा भिज्न सक्ने खेलाडी हेरिरहेको हुन्छु । तर त्यो भेट्न सजिलो छैन । सामुइल ईटो उत्कृष्ट थिए । लुईस स्वारेज अहिले राम्रो देखिएका छन् ।’ उनले थपे । ४० बर्षिया विश्वकप विजेता जाभाीले बार्सिलोनामा देख्न चाहने खेलाडी समेत सुझाएका छन् ।
लिभरपुलले पछ्याईरहेको टिमो वार्नर र मेस्सीको जोडी तथा लौरेन्टो मार्टिनेज पछिल्लो समय बार्सिलोनासंग जोडिएका छन् । ईन्टर मिलानमा मार्टिनेजलाई म्यान्चेष्टर सहरका दुवै क्लबले अनुबन्ध गर्ने ईच्छा देखाईरहेका छन् । तर उनी बार्सिलोनासंग जोडिन ईच्छुक देखिएका छन् ।
बार्सिलोनाका पूर्व कप्तान समेत रहेका जाभीले ब्राजिलियन स्टार नेयमारलाई क्याटलान क्लब फर्काउनुपर्नेमा जोड दिएका छन् । ‘फुटबलको दुनियाँमा तीन, पाँच खेलाडीमात्र सर्वोत्कृष्ट छन् । मलाई लाग्छ, उनी बार्सिलोना फर्कनेछन् । बार्सिलोनामा उनका साथी छन् । उनले धेरै चिज जोड्न सक्छन् ।’ जाभी थप्छन्, ‘नेयमारलाई जोड्नु एक असाधारण हस्ताक्षर हुनेछ ।’ एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ५ सोमबार
Comments