काठमाडौं । टोटेनहम स्टार सन ह्युङ मिन लण्डन फर्किएका छन् । दक्षिण कोरियाको अनिवार्य सैन्य तालिम पुरा गरेर सन लण्डन फर्किएका हुन् । उनले कोरियाको सैन्य सिविरमा तीन हप्ता बिताएका थिए । तालिममा उनी उत्कृष्ट पाँच भित्र पर्न सफल भएका थिए ।
प्रिमियर लिगको तयारीका लागि लण्डन फर्किएका सनलाई कोरोनाको संक्रमण नदेखिएसम्म एकान्तवासमा बस्न नपर्ने बताईएको छ । अभ्यास सत्र सुरु हुने बित्तिकै उनी मैदान फर्कन पाउनेछन् । उनी सोमबार हुने सुरुवाती अभ्यास सत्रमा एक्लै भाग लिन सक्नेछन् ।
अबरुद्ध सिजन सुरु गर्न अघि प्रिमियर लिगले कडा नियमहरु बनाएको छ । तर व्यक्तिगत रुपमा प्रशिक्षण गर्नका लागि अनुमती प्रदान गरेको छ । समाजिक दुरी कायम गरेर मात्र सामुहिक प्रशिक्षण गर्नुपर्ने नियम बनाईएको छ । जसको कडा अनुगमन गरिने बताईएको छ । अभ्यास सत्र ७५ मिनेट भन्दा बढी समयको हुने छैन ।
कर्नरको झण्डा, बल, क्वाईन, गोलपोस्ट र खेल्ने स्थान सबैको किटाणु रहित बनाईने छ । हातमा देखिएको चोट निको भएर सन मैदान फर्कन लागेका हुन् । कोरोना महामारीका कारण सिजन अबरुद्ध नभएको अवस्थामा उनले पुरै सिजन गुमाउन सक्ने बताईएको थियो ।
कोरोनाले फुटबल गतिविधि प्रभावित बनेको समय सनले सैन्य तालिम पुरा गरेका हुन् । दक्षिण कोरियामा २१ महिनाको सैन्य तालिम अनिवार्य गरिएको छ । दक्षिण कोरियाले सन् २०१८ मा एसियन गेम्स फुटबलमा स्वर्ण जितेपछि सरकारले सनको सैन्य अभ्यासको अवधिलाई तीन हप्तामा झारिएको हो । एजेन्सी
प्रकाशित मितिः २०७७ जेठ ४ आइतबार
Comments