सिरि ए फुटबल अझै अनिश्चित

भक्तपुर न्यूज

२२ वैशाख २०७७ २:४५

सिरि ए फुटबल अझै अनिश्चित

काठमाडौं । ईटालीका खेलकुद मन्त्री विन्सेन्जो स्पादाफोराले सिरि एको बाँकी सिजन पुन सुरु हुने बिषयमा कुरा गर्न हतार हुने बताएका छन् । सिरि एका क्लबहरुले सोमबार व्यक्तिगत रुपमा अभ्यास गर्न खेलाडीहरुलाई अनुमती दिएका थिए ।

तर टिमको अभ्यास भने मे १८ अगाडी गर्न पाईनेछैन । सिरि ए लिग मार्च ९ सम्मका लागि स्थगित गरिएको छ । ुमैले केही अजिब चिजहरु पढेको छु । तर कुनै कुरा बदलिएको छैन । स्पडाफोराले भनेका छन् । प्रतियोगिता पुन सुरु गर्ने बिषयमा अहिले हामी यसको बारेमा कुरा गर्ने छैनौ । उनले थपे ।

सिरि ए र ईटालियन फुटबल महासंघ दुवै सिरि एको बाँकी सिजन सक्न चाहन्छन् । तर ईटाली सरकारले अहिलेसम्म कुनै निर्णय दिएको छैन । युरोपमा समेत फ्रेन्च लिग रद्ध गर्दै पेरिस सेन्ट जर्मेन पीएसजीलाई उपाधि दिईएको थियो ।

युरोपभरी जर्मनको बुन्डेशलिगा चाँडै मैदान फर्कने तयारी गरेको छ । अधिकारीहरुले मे ९ बाट प्रतियोगिता सुरु गर्ने बताएका थिए । तर सरकारले निर्णय गर्न ढिला गर्दा मे १६ देखि २३ सम्म सिजनको बाँकी खेल पुन सुरु हुने बताईएको छ । स्पेनमा समेत ला लिगाले फुटबललाई बाहिर पुन सुरु गर्ने बिषयमा आन्तरिक छलफल गरिरहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७७ बैशाख २२ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय