काठमाडौं । म्यानचेस्टर युनाइटेडका पूर्व फरवार्ड दिमितार बेर्बातोभले टोटेनहमका फरवार्ड ह्यारी केन क्लब छाड्नेबारे सोचिरहेको बताएका छन् । बीबीसी स्पोर्ट्ससँग कुरा गर्दै बेर्बातोभले केन टोटेनहममा स्थापित भईसकेको र अब ठुला क्लब जानेबारे सोचिरहेको बताएका हुन् ।
फुटबलमा दुखद कुरा के हो भने धेरै पहिले स्थापित भईसकेका छन् र ठुला क्लबमा छन् । तपाईले यस परिस्थितिको सामना गर्नुपर्छ । टोटेनहम जस्ता टोलीका उत्कृष्ट खेलाडीले निर्णय गर्नु पर्छ कि यहिँ रहने कि ठुलो सरुवा हुने, उनले भने, यस समय ह्यारी केनलाई यस्तै भएको छ । उनले क्रसरोड पार गरिसकेका छन् । अब म के गर्ने सोच्दैछन् ।
२६ वर्षीय ह्यारी केनले टोटेनहमका लागि ठुला उपाधि जितेका छैनन् । क्लबसँग उनको सम्झौता अझै ४ वर्ष बाँकी रहेको छ । तर, उपाधि जित्नबाट बन्चित भएकै कारण केन क्लब छाड्ने योजनामा रहेको बेर्बातोभको भनाई छ ।
यस्तै बेर्बातोभले कोरोना भाईरसको महामारीको समय ठुलो ट्रान्सफरको सम्भावना कम भएको समेत बताए । यस समय कोरोना र आर्थिक संकटको कारण सरुवा कठिन हुनेछ, उनले भने । बुल्गेरियाका बेर्बातोभले युनाइटेडका लागि दुई प्रिमियर लिग उपाधि जितेका थिए । एजेन्सी
प्रकाशित मितिः २०७७ बैशाख २२ सोमबार
Comments