ऋषि कपूरको अन्तिम बिदाइ गरियो

भक्तपुर न्यूज

१८ वैशाख २०७७ १४:०७

ऋषि कपूरको अन्तिम बिदाइ गरियो

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूरको अन्तिम बिदाइ गरिएको छ। मुम्बईको चन्दनवाडीस्थित शवदाह गृहमा उनको अन्तिम संस्कार गरिएको हो।

अन्तिम संस्कारमा कपूर परिवारका सदस्य तथा नजिकका साथीभाइको उपस्थिति थियो। अभिषेक बच्चन, ऐश्वर्या राय बच्चन, करीना कपूर, सैफअलि खान, आलिया भट, उद्योगी अनिल अम्वानी लगायतका व्यक्तिहरु ऋषि कपूरको अन्तिम बिदाइमा सहभागी भएका थिए।

पछिल्लो केही समयदेखि क्यान्सर रोगबाट पीडित ऋषि कपूरको स्थानीय समय अनुसार बिहीबार बिहान ८ः४५ बजे निधन भएको थियो। मुम्बईको एचएन रिलायन्स फाउण्डेशन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो। लकडाउनका कारण दिल्लीमा फसेकी उनकी छोरी रिद्धिमा कपूर भने बुवाको अन्तिम संस्कारमा सहभागी हुन पाइनन्। एजेन्सी

प्रकाशित मितिः २०७७ बैशाख १८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय