लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

भक्तपुर न्यूज

१७ वैशाख २०७७ ८:५०

लागुऔषध ब्राउनसुगरसहित एक पक्राउ

झापा । मेचीनगर नगरपालिका–६ मेची पुलबाट ५० ग्राम नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित एक जना पक्राउ परेका छन् ।

सोमबार राती पौने १० बजेको समयमा निर्माणाधिन अवस्थामा रहेको मेची पुल मुनी खाल्डो खनेर लुकाउँदै गरेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ का ५८ बर्षीय बच्चु चौधरीलाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चौधरीको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मितिः २०७७ बैशाख १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय