मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

भक्तपुर न्यूज

१० वैशाख २०७७ ६:३८

मजदुर बोकेर दोलखा जाँदै गरेको बस रामेछापमा दुर्घटना

काठमाडौं । काठमाडौंबाट मजदुर बोकेर दोलखा जाँदै गरेको बस आज बिहान रामेछापमा दुर्घटना भएको छ । मजदुर बोकेर गइरहेको बा २ ख ६८१८ नम्बरको बस मन्थली नगरपालिका–६ मा दुर्घटना हुँदा झण्डै १ दर्जन घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार बसमा ३९ जना सवार रहेको बताइएको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०७६ बैशाख १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय