ट्र्याक्टरले किचेर चालकको मृत्यु
काठमाडौं, १५ मंसिर । सिरहाको मिर्चैया नगरपालिका–९ रामपुरमा गएराति ट्र्याक्टरले किच्दा चालककोे मृत्यु भएको छ ।
खेत जोत्ने क्रममा ज १ त २४०६ नम्बरको ट्याक्टर अचानक पल्टिँदा सोही ट्र्याक्टरले किचेर चालक मिर्चैया नगरपालिका–९ निवासी ३२ वर्षीय सेमा यादवको मृत्यु भएको हो ।
ट्र्याक्टरले किचेर गम्भीर घाइते भएका चालक यादवलाई उपचारार्थ लैजाँदै गर्दा यादवको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
