लकडाउन उल्लंघन गर्ने उपत्यकाबाट ३०२ सवारी साधन नियन्त्रणमा
काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड–१९ भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।
लकडाउनको २६ औं दिन हिजो शनिबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ३०२ वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।
महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये २८३ दुई पांग्रे र १९ चार पांग्रे रहेका छन् । महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ । भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।
प्रकाशित मितिः २०७६ बैशाख ७ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
