लकडाउन उल्लंघन गर्ने उपत्यकाबाट ४७० सवारी साधन नियन्त्रणमा

भक्तपुर न्यूज

६ वैशाख २०७७ ६:४८

लकडाउन उल्लंघन गर्ने उपत्यकाबाट ४७० सवारी साधन नियन्त्रणमा

काठमाडौं । सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना कोभिड–१९ भाइरस नियन्त्रण तथा रोकथामका लागि चैत ११ गतेदेखि लागु गरेको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही जारी राखेको छ ।

लकडाउनको २५ औं दिन हिजो शुक्रबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउनको अवज्ञा गर्ने काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ट्राफिक प्रहरीले ४७० वटा सवारीसाधन नियन्त्रणमा लिएको हो ।

महाशाखाका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनमध्ये ४४२ दुई पांग्रे र २८ चार पांग्रे रहेका छन् ।

महाशाखाले दिनमा १५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाईन्ट राखि सवारी साधनहरु चेकजाँच गर्ने व्यवस्था मिलाएको छ ।
भित्रि एरियाको लागि भने मोटरसाइकलमा ट्राफिक प्रहरी खटाएको छ ।

प्रकाशित मितिः २०७६ बैशाख ६ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय