केन टोटेनहममै रहने विश्वास

भक्तपुर न्यूज

४ वैशाख २०७७ ८:५३

केन टोटेनहममै रहने विश्वास

काठमाडौं । इंग्लिस क्लब टोटेनहमका विंगर लुकास मौराले फरवार्ड ह्यारी केन क्लबमै रहने बताएका छन् । इंग्ल्यान्डका कप्तान केन पछिल्लो समय क्लब छाड्ने चर्चा चलिरहेको छ । तर, लुकासले भने आफुलाई केन क्लबमै बस्ने विश्वास रहेको बताएका छन् ।

स्काई स्पोर्ट्ससँग कुरा गर्दै लुकासले केन जस्ता खेलाडी क्लबमा पाउन मुश्किल रहेको समेत बताए । यस निर्णय गर्ने म हैन तर पक्कै पनि म अर्को सिजन उहाँसँग खेल्न चाहन्छु । म उहाँ बसेको हेर्न चाहन्छु किनभने हाम्रो लागि उनी महत्वपूर्ण छन् र उहाँ जस्तो खेलाडी पाउन सहज छैन, ब्राजिलियन विंगर लुकासले भने ।

फरवार्ड केन यस सिजन रियल मड्रिड जाने चर्चा छ । यस्तै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले समेत उनलाई आँखा लगाएको छ । तर, क्लबले केनलाई इंग्लिस क्लबलाई नबेच्ने बताउँदै आएका छन् ।

सबैलाई थाहा छ उ ठुला खेलाडी हुन् । हाम्रो लागि धेरै महत्वपूर्ण । उहाँले हरेक खेल जस्तो गोल गर्नुहुन्छ । मलाई विश्वास छ प्रशिक्षक जोसेले उहाँलाई राख्ने छन्, लुकासले थपे । कोरोना भाईरसको कारण प्रिमियर लिग स्थगित गरिएको छ । यस सिजन टोटेनहम आठौं स्थानमा रहेको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ बैशाख ४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय