अब अनलाइनबाटै लकडाउनमा सवारी सञ्चालनका लागि पास पाइने
काठमाडौं । अब अनलाइनबाटै लकडाउनमा सवारी सञ्चालनका लागि पास पाइने भएको छ । कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि जारी गरेको लकडाउनको समयमा अति आवश्यक सवारी साधन सञ्चालनका लागि अब ई–पासको व्यवस्था सुरु गरिएको हो ।
खाद्यान्न ढुवानी, विरामी ओसारपसार, शव बहान र अन्य अति आवश्यक परेको खण्डमा अनलाईनमार्फत फारम भरेर सवारी पास लिन सकिने गृह मन्त्रालयले जनाएको हो ।
ई–पास लिनका लागि https://epass.moha.gov.np/ मा गएर विवरण भर्नुपर्ने हुन्छ । त्यसपछि जिल्ला प्रशासन कार्यालयले आवश्यकताको आधारमा मात्रै ई–पास वितरण गर्नेछ ।
प्रकाशित मितिः २०७६ बैशाख २ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
