खाली पेट मनतातो पानी पिउनु लाभदायक

भक्तपुर न्यूज

१ वैशाख २०७७ ७:०४

खाली पेट मनतातो पानी  पिउनु लाभदायक

काठमाडौं । बिहान मनतातो पानी पिउनु स्वास्थ्यको दृष्टिकोणबाट अति लाभदायक छ । मनतातो पानी पिउनाले शरीरमा रक्तसंचार सन्तुलित र नियमित हुन्छ । पानी पिउनाले एसिडिटीको समस्या पनि कम हुन्छ ।

भोक नलाग्ने समस्या भएकाहरुले एक गिलास मनतातो पानीमा एउटा कागतीको रस, मरिच र नुन हालेर बिहानै मनतातो पिउँदा भोक जगाउँछ । खाली पेट मनतातो पानी पिउनाले कब्जियत हट्छ ।

यस्तै जोर्नीको दुखाई पनि कम र हड्डी मजबुत बनाउन पनि मनतातो पानी पिउदा फाइदा हुन्छ ।रुघाखोकी लागेमा पर्याप्त मात्रामा मनतातो वा तातो पानी पिउनु आवश्यक हुन्छ । यसले शरीरमा आराम मिल्छ ।

यदि छालामा चाउरीपना तथा दागधब्बा हटाउन मन भएपनि हरेक दिन बिहान खाली पेटमा मनतातो पानी पिउनु पर्छ ।

प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *