चीनमा कोभिड-१९ का १०८ नयाँ बिरामी देखिए

भक्तपुर न्यूज

१ वैशाख २०७७ ४:३९

चीनमा कोभिड-१९ का १०८ नयाँ बिरामी देखिए

काठमाडौं । चीनको मेनल्यान्डमा कोभिड-१९ का एक सय आठ जना नयाँ बिरामी देखिएका छन्। तीमध्ये ९८ जना भरखरै विदेशबाट आएका चिनियाँ नागरिक हुन्।

बीबीसी र रोयटर्सका अनुसार यसबाट चीनमा कोभिड-१९ को दोस्रो तरंग शुरु हुने जोखिम देखिएको छ। आन्तरिक बिरामी कम हुँदै जाँदा कोरोना भाइरस संक्रमणको उद्‍गम स्थल वुहानमा ११ सातादेखि लगाइएको लकडाउन गत साता हटाइएको छ।

आइतबार चीनमा कोभिड-१९ का कारण दुई जनाको मृत्यु भयो। हालसम्म चीनमा मृतक संख्या तीन हजार तीन सय ४१ पुगेको छ। यस्तै, कोभिड-१९ को लक्षण देखिएका ६१ जना बिरामी पनि आइतबार रेकर्ड भएका छन्। उनीहरूको परीक्षण भइरहेको अधिकारीहरूले जनाएका छन्। एजेन्सी

प्रकाशित मितिः २०७६ बैशाख १ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *