आईपीएल अनिश्चित कालका लागि स्थगित हुँदै

भक्तपुर न्यूज

३० चैत २०७६ ८:३२

आईपीएल अनिश्चित कालका लागि स्थगित हुँदै

काठमाडौं । इण्डियन प्रिमियर लिग आईपीएल टी-ट्वान्टी क्रिकेट अनिश्चित कालका लागि स्थगित हुने भएको छ । कोरोना भाईरसको कारण भारतले लकडाउनको अवधि बढाउने तयारी गरेसँगै भारतीय क्रिकेट बोर्ड बीसीसीआई ले आईपीएल अनिश्चित कालका लागि स्थगित गर्ने तयारी गरेको हो ।

यस संस्करणको आईपीएल बुधबारबाट सुरु हुने तालिका रहेको छ । तर, भारतको केहि प्रान्तमा लकडाउन बढीसकेको र सरकारले सबै प्रान्तमा बढाउने तयारी गरेपछि आईपीएल स्थगित हुने भएको हो ।

बीसीसीआई सरकारको निर्णय पर्खेर बसेको बताईएको छ । सरकारले लकडाउन थप गरेमा बीसीसीआईले आईपीएल अनिश्चित समयका लागि स्थगित गर्नेछ ।

कोरोनाको संक्रमण दैनिक बढेपछि भारतले लकडाउनको अवधि थप गर्ने तयारी गरेको हो । भारतमा ८ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र ३० आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय