कोरोना : अमेरिकामा १४ हजार ७ सय ९५ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसका कारण सबैभन्दा धेरै मानिसको ज्यान गुमाउने राष्ट्रको सूचिमा अमेरिका दोस्रो नम्बरमा पुगेको छ । संक्रमितका हिसाबले पहिलो नम्बरमा रहेको अमेरिका मृत्युमा पनि दोस्रो नम्बरमा पुगेको हो ।
अमेरिकामा अहिलेसम्म १४ हजार ७ सय ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । इटालीमा सबैभन्दा धेरै १७ हजार ६ सय ६९ जनाको मृत्यु भएको छ । अमेरिकापछि तेस्रो नम्बरमा रहेको स्पेना १४ हजार ७ सय ९२ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको छ ।
संक्रमणका हिसाबले पहिलो नम्बरमा रहेको अमेरिकामा संक्रमितको संख्या ४ लाख ३५ हजार १ सय २८ पुगेको छ । त्यसमध्येका १४ हजार ७ सय ९५ नयाँ संक्रमित हुन् ।
अमेरिकापछि स्पेनमा १ लाख ४८ हजार २ सय २० र इटालीमा १ लाख ३९ हजार ४ सय २२ संक्रमित छन् । विश्वभर अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ८८ हजार ५ सय २ जनाको मृत्यु भएको छ ।
प्रकाशित मितिः २०७६ चैत्र २७ बिहिबार