कोभिड १९ का कारण गुरुङको मृत्यु
काठमाडौं । बेलायतको लण्डनमा बस्दै आएका एक भूपू गोर्खा सैनिकको कोभिड १९ का कारण मृत्यु भएको छ। पर्वत स्थायी घर भएका ५९ वर्षीय चेतप्रसाद गुरुङको गएराति लण्डनको नर्थवीक पार्क अस्पतालमा मृत्यु भएको हो।
तमुधीं युकेको लण्डन शाखाका वरिष्ठ उपाध्यक्ष गुरुङ समाजसेवीका रुपमा चिनिन्थे। करीब दुई सातादेखि ज्वरो आएपछि चिकित्सकको सल्लाहअनुसार गुरुङ घरैमा आइसोलेसनमा बस्दै आएका थिए।
श्वासप्रश्वासमा समस्या भएपछि उनलाई आकस्मिक कक्षमा राखी पछि वार्डमा सारिएको थियो। भर्ना गरेको दुई दिनपछिबाट गुरुङको स्वास्थ खराब भएपछि भेन्टिलेटरमा राखिएको थियो ।
लण्डनस्थित नेपाली दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख शरदराज आरणले मृतक गुरुङको परिवार र सम्बन्धित संस्थालाई मृत्युबारे जानकारी गराएका छन्। एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २७ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
