कोरोना : भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाए
काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दो रुपमा देखिएको छ । भारतमा पछिल्लो २४ घण्टामा १४ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५० पुगेको छ ।
भारतमा एकैदिन ५ सय ३३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ५ हजार ३३१ पुगेको छ । भारतमा संक्रमितमध्ये ४२१ जना उपचारपछि निको भएका छन् । ४ हजार ७७० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ । यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ८१ हाजर ९ सय ७२ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १४ लाख २५ हजार ८०५ पुगेको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५