रगत व्यवस्थापनमा अग्रसर जिल्ला शाखा भक्तपुर

भक्तपुर न्यूज

२६ चैत २०७६ ५:१०

रगत व्यवस्थापनमा अग्रसर  जिल्ला शाखा भक्तपुर

भक्तपुर । लकडाउनको समयमा पनि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुर रगत व्यवस्थापनमा अग्रसर बन्दै छ ।

लकडाउन भएकै दिनदेखि स्वयंसेवी रक्तदाता समाज ब्लोदान र स्वयंसेवी रक्तदाताको सहयोगमा हरेक दिनजसो नियमित रगत संकलन गर्दै आइरहेको जिल्ला शाखाका मन्त्री परशुराम पाण्डेले बताए ।

‘सुत्केरी, क्यान्सर, शल्यक्रिया, दुर्घटना लगाएतका बिरामीलाई नियमित नै रगतको आवश्यकता पर्दछ । तर लकडाउनले रक्तदान हुन नसक्दा बिरामी र बिरामीका आफन्तलाई ठुलो समस्या पर्ने गर्दछन् । यहि अवस्थालाई मध्यनजर गरी उपत्यकाका विभिन्न स्थानमा सरोकारवालाहरुको सहयोगमा रगत संकलन गरिरहेका छ ।

मन्त्री पाण्डेले भने, हामीले विगत देखि नै रगत नपाए भक्तपुर जानु भन्ने अभियान चलाइयो । अहिले लकडाउनको समयमा पनि दैनिक सय जना जति रगत लिन आइरहेका थिए । यो समयमा रगतको व्यवस्थापन चुनौतीपूर्ण नै भएको बताउँदै जिल्ला शाखा सभापति मनोज कुमार थापाले सबैको सहयोगमा सुरक्षित रगतको व्यवस्थापन गर्ने प्रयास भइरहेको बताए ।

यस्तो समयमा पनि रक्तदान कार्यक्रमको आयोजना गर्ने संघसंस्था तथा रक्तदान गर्नुहुने स्वयंसेवी रक्तदाता धन्यवादको पात्र भएको बताउँदै सभापति थापाले नियमित रक्तदानका लागि आव्हान गरे । ‘तपाईले रक्तदान गर्नुभएको तीनमहिना पुगेको छ भने जिल्ला शाखामा आएर पनि रक्तदान गर्न सक्नुहुने छ, तपाईलाई आवागमनमा समस्या भएमा हामी तपाईको टोल वा घरमै आएर पनि रगत सकंलन गर्नेर्छौ ।’ सभापति थापाले भने ।

प्रकाशित मितिः २०७६ चैत्र २६ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय