लकडाउन अझै केही दिन थप्‍न मन्त्रिपरिषद्को बैठक बस्दै

भक्तपुर न्यूज

२४ चैत २०७६ ४:२६

लकडाउन अझै केही दिन थप्‍न  मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि थप रणनीति बनाउन मन्त्रिपरिषद्को बैठक बस्दैछ। प्रधानमन्त्री निवास बालुवाटारमा अपराह्‍न ४ बजे बैठक बस्‍न लागेको हो।

कोभिड १९ को अहिलेको अवस्था र अब अपनाउनुपर्ने सजगतालगायत विषयमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

आजको मन्त्रिपरिषद् बैठक संक्रमण फैलन नदिन लकडाउनको अवस्था, रोकथाम र उपचारका लागि भइरहेका तयारी तथा सरकारको आगामी कार्ययोजनामा केन्द्रित हुने देखिन्छ ।

आजको बैठकले नै लकडाउन लम्बाउने कि के गर्ने भन्‍ने विषयमा पनि निर्णय गर्नेछ। बालुवाटार स्रोतका अनुसार जनस्तरबाटै लकडाउन अझै केही दिन लम्बाउनुपर्ने आवाज उठेकाले सरकारले अझै केही दिन थप्‍न सक्नेछ।

२२ चैतको बैठकले एक प्रदेशदेखि अर्को, एक जिल्लाबाट अर्को र एक स्थानीय तहदेखि अर्को स्थानीय तहसम्मको आवागमनमा नियन्त्रण गर्ने निर्णय गरेको थियो।

प्रकाशित मितिः२०७६ चैत्र २४ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय