जेरोमी बोआटेङलाई जरिवाना

भक्तपुर न्यूज

२१ चैत २०७६ ७:२२

जेरोमी बोआटेङलाई जरिवाना

काठमाडौं । र्मन क्लब वायर्न म्युनिखले डिफेन्डर जेरोमी बोआटेङलाई जरिवाना गरेको छ । सरकारको लकडाउनको उलंघन गरेको भन्दै वायर्नले बोआटेङलाई जरिवाना गरेको हो ।

क्लबको अनुमतिबिना विरामी छोरालाई भेट्न गएपछि उनलाई जरिवाना गरिएको हो । वायर्नले एक विज्ञप्ति निकाल्दै उनको व्यवहारको कारण जरिवाना गरिएको र जरिवाना रकम स्थानीय अस्पताललाई प्रदान गरिने जनाएको छ । जरिवाना रकम भने खुलाईएको छैन ।

वायर्न डिफेन्डर बोआटेङ क्लबको अनुमतिबिना म्युनिख छाडेका थिए । बोआटेङले क्लबको नियमहरु उलंघन गरेका छन्, क्लबले भनेको छ, यस अपराधको परिणामस्वरूप क्लबले बोआटेङलाई जरिवाना गर्नें निर्णय गरेको छ । उक्त पैसा क्लबले म्युनिखको अस्पताललाई दान दिनेछ ।

बोआटेङले क्लबको जरिवाना स्वीकार गरेका छन् । तर, उनले छोरा भेट्न जानु आफ्नो कर्तव्य भएको बताएका छन् । यदि यो न्यायसंगत छ भने म जरिवाना स्वीकार गर्छु । मलाई थाहा छ कि मेरो यात्राको बारेमा क्लबलाई सूचित नगरेको गल्ती थियो, उनले भनेका छन्, तर, त्यो क्षणमा मैले मेरो छोराको बारेमा मात्र सोचेँ। उनी स्वास्थ्यको लागि खराब अवस्थामा थिए। एजेन्सी

प्रकाशित मितिः२०७६ चैत्र २१ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय