कोभिड-१९ बाट बेलायती अभिनेताको निधन
काठमाडौं । कोभिड १९ का कारण बेलायती अभिनेता एन्ड्रु ज्याकको ७६ वर्षको उमेरमा निधन भएको छ। उनी ‘स्टार वार’ अभिनेताका रूपमा प्रख्यात थिए। ‘स्टार वार्स एपिसोड ७ दी फोर्स अवाकन्स’ र ‘स्टार वार्स एपिसोड ८ दी लास्ट जेडी’मा उनको बेजोड अभिनय थियो।
‘गार्जियन्स अफ दी ग्यालेक्सी’, ‘दी लर्ड अफ दी रिङ्स’, ‘दी एभेन्जर्स’लगायत ब्लक बस्टर्स मुभी फ्रेन्चाइजमा पनि उनले भोकल कोचको भूमिका वहन गरेका थिए।
उनको गत मंगलबार इंग्ल्यान्डको सुरेस्थित अस्पतालमा निधन भएको ज्याकका प्रतिनिधि जिल म्याक कुलफले पुष्टी गरे। कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र २० बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१९