थिमिमा लकडाउनको समयमा घरदैलो रगत संकलन अभियान

भक्तपुर न्यूज

२० चैत २०७६ ६:४७

थिमिमा लकडाउनको समयमा घरदैलो रगत संकलन अभियान

भक्तपुर । मध्यपुर थिमिस्थित निगुपुखू क्षेत्रमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्लड डोनर्स एसोसियन नेपाल, ब्लोडानले घरदैलो रगत संकलन अभियान अन्तर्गत १३ औं चरणमा कार्यक्रम गरि मध्यपुर थिमिबाट रगत संकलन गरेको हो ।

भक्तपुर चेम्बर अफ कमर्श र लायन्स क्लब अफ भक्तपुर रियलटेकले समन्वय गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी, जिल्ला शाखा भक्तपुरले प्राविधिक सहयोग गरेको थियो ।

कार्यक्रममा ३-३ फिटको दुरी बनाएर निश्चित समयको लागि रक्तदान गरिएको भक्तपुर चेम्बरका अध्यक्ष तथा संयोजक न्हुछेरत्न मानन्धरले जानकारी दिए । पछिल्लो समय रक्तदाता घरघरमै सीमित भएकोले स्वास्थ्य क्षेत्रमा रगतको अभाव चुलिएको छ ।

त्यसैले पनि ब्लोडानले घरदैलो रगत संकलन अभियानलाई तीव्र बनाएको ब्लोडान भक्तपुरका सचिव रुकेश रञ्जितले जनाए । ब्लोडानले स्थानीय संघरसंस्थाको समन्वयमा यसअघि काठमाडौंको असन, ठमेल, कीर्तिपुर लगायतका ठाउँमा रक्तदान गरेको थियो ।

प्रकाशित मितिः२०७६ चैत्र २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *