आज रामनवमी पर्व

भक्तपुर न्यूज

२० चैत २०७६ ६:३७

आज रामनवमी पर्व

काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ ।

त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा विष्णुको सातौं अवतार मानिने श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको बिस्वास गरिँदै आएको छ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ ।

प्रकाशित मितिः२०७६ चैत्र २० बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय