अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी, ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

भक्तपुर न्यूज

१९ चैत २०७६ ७:१६

अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी, ज्यान गुमाउनेको संख्या चार हजार नाघ्यो

काठमाडौं । कोरोना भाइरस अर्थात् ‘कोभिड–१९’ का कारण अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी देखिएको छ । गएको २४ घण्टामा २४ हजार सात सय ४२ जनामा संक्रमण फेला परेसँगै एक लाख ८८ हजार पाँच सय ७८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या चार हजार नाघेको छ । वोर्ल्ड़ोमिटरका अनुसार गत २४ घण्टामा ९ सय १२ जनाको मृत्यु भइ अहिलेसम्म चार हजार ५५ जनाको ज्यान गएको छ । संक्रमितमध्ये अहिलेसम्म सात हजार दुई सय ५१ जना उपचारपछि निको भएका हुन् । एजेन्सी

प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय