काठमाडौं । फ्रान्सेली प्रहरीले विश्वकप विजेता किलियन एम्बाप्पेले दिएको उजुरीको अनुसन्धान थाल्ने भएको छ । फ्रेन्च मिडिया ‘एल इक्युपे’का अनुसार पेरिस सेन्ट जर्मेन पीएसजीका स्टारले केही दिनअगाडि दिएको उजुरीको विषयमा प्रहरीले अनुसन्धान थाल्ने भएको हो ।
२१ वर्षीय एम्बाप्पेले आफ्नो नामको दुरुपयोग गरेर अनलाइन विज्ञापनि गरिएको भन्दै प्रहरीलाई उजुरी दिएका थिए ।अनुमतिविना आफ्नो नाम लिएर अनलाइन विज्ञापन गरी ठगी गरेको भन्दै केही कम्पनीविरुद्ध उजुरी दिएका थिए ।
खबरका अनुसार केही कम्पनीले उनको अनुमतिविना नाम र फोटोको प्रयोग गरी अनलाइन विज्ञापन गर्दै पैसा असुलेका थिए ।
फ्रान्सको वित्तीय बजारका अनुसार सन् २०१८ मा देशमा १ हजार १ सयभन्दा धेरै त्यस्ता प्रकारका ठगी मुद्दा दर्ता भएका थिए । एजेन्सी
प्रकाशित मितिः२०७६ चैत्र १९ बुधबार
Comments