कोरोना संक्रमणबाट अमेरिकी पत्रकारको निधन
काठमाडौ । कोरोना भाइरस कोभिड–१९ को संक्रमणका कारण अमेरिकामा एक पत्रकारको निधन भएको छ । अमेरिकी टेलिभिजन नेटवर्क सिबिएस न्यूजकी वरिष्ठ पत्रकार ५४ वर्षीया मारिया मेर्कादेरको आइतबार निधन भएको हो ।
३० वर्ष भन्दा बढी समयदेखि सिबिएसमा रिपोर्टर तथा ट्यालेन्ट डिरेक्कटरको रुपमा कार्यरत उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनले समाचार कक्षमा कार्यरत पत्रकारहरु सबै क्षेत्रबाट समेटिउन् भन्नका लागि एसियन अमेरिकन पत्रकार एसोसिएसन, नेशनल लेस्बियन एण्ड गे जर्नलिस्ट एसोसिएसन र नेशनल एसोसिएसन अफ ब्ल्याक जर्नलिस्टसँग मिलेर काम गर्दै आएकी थिइन् ।
पछिल्लो दुई दशकदेखि उनले विभिन्न स्वास्थ्य समस्या झेलिरहेकी थिइन् । उनलाई क्यान्सर समेत भएको थियो । उनी सन् १९८७ देखि सिबिएस न्यूजमा कार्यरत थिइन् ।
प्रकाशित मितिः२०७६ चैत्र १८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
कांग्रेसमा महाधिवेशन गर्ने तदारुकता देखिएन् : डा. शेखर
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५