संसारको ध्यान कोरोनामा हुँदा उत्तर कोरिया क्षेप्यास्त्र बनाउन मै व्यस्त

भक्तपुर न्यूज

१० चैत २०७६ ८:२०

संसारको ध्यान कोरोनामा हुँदा उत्तर कोरिया क्षेप्यास्त्र बनाउन मै व्यस्त

काठमाडौं । अहिले संसारको ध्यान कोरोनाभाइरसमा हुँदा उत्तर कोरिया चाहिँ धमाधम क्षेप्यास्त्र विकास गरिरहेको छ र सैन्य अभ्यास पनि गरिरहेको छ । कोरोना संक्रमणले उत्तरको आत्मविश्वासलाई डगाउन सकेको देखिँदैन ।

आफ्नो देशमा कोरोनाभाइरसको एउटा पनि केस नरहेको भनी उत्तर कोरियाले गरेको दाबीलाई अन्तर्राष्ट्रिय विज्ञहरूले शंका गरेका छन् जबकि कोरोनाको पहिलो केस छिमेकी चीनमा देखिएको थियो ।

तर उत्तर कोरियाली सैनिकहरूले फेस मास्क नलगाइकनै सैन्य अभ्यास गरेको अनि छोटो दूरीको ब्यालिस्टिक क्षेप्यास्त्रहरूको परीक्षण गरिरहेको सरकारी सञ्चारमाध्यममा आएका तस्वीरमा देखिएको छ ।

सावधानीका लागि क्वारेन्टाइनमा राखिएका सबै विदेशीलाई आफूले रिहा गरेको उत्तर कोरियाले जनाएको छ । विज्ञहरूलाई आश्चर्यमा पार्दै उसले अप्रिल महिनाको शुरूतिर सुप्रिम पिपुल्स एसेम्ब्लीको ठूलो भेला आयोजना गर्ने पनि जनाएको छ ।

‘उत्तर कोरियाले एसेम्ब्लीको वसन्त सत्र अघि बढाउने निर्णय लिएकोमा म अलिक आश्चर्यमा परेकी छु,’ दक्षिण कोरियामा रहेको एनके न्युज वेबसाइटका विश्लेषक रेचल मिनयूङ लीले बताइन् ।

‘उत्तर कोरियाको सत्ताले कोरोनाभाइरस परिस्थितिलाई व्यवस्थापन गर्न आत्मविश्वास देखाएको संकेत यसबाट पाइन्छ,’ उनले थपिन् ।

किम जोङ–उनले आफ्ना जनतालाई आफू आत्मविश्वासी रहेको र बलियो रहेको देखाउन चाहेको इन्टरनेसनल क्राइसिस ग्रूपकी वरिष्ठ सल्लाहकार डुयोन किमले बताइन् । ‘उत्तर कोरिया अविजित रहेको देखाउन उनले खोजेका हुन्,’ उनको भनाइ छ ।एजेन्सी

प्रकाशित मितिः २०७६ चैत्र १० सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *