टेकु अस्पतालमा २५ वटा आइसोलेसन वार्ड तयार गरिने

भक्तपुर न्यूज

९ चैत २०७६ १०:१२

टेकु अस्पतालमा २५ वटा आइसोलेसन वार्ड तयार गरिने

काठमाडौं । शुक्रराज ट्रपिकल सेन्टर तथा सरुवा रोग अस्पतालमा २५ वटा आइसोलेसन वार्ड तयार गरिने भएको छ। साथै अस्पतालले शुक्रवारदेखि फ्लू क्लिनिकको पनि व्यवस्था गरेको निर्देशक डा. सागरराज भाण्डारीले बताए। अस्पतालमा यसअघि पाँच वटा आइसोलेसन र ४० जना राख्न सक्ने क्षमताको क्वारेन्टाइनको व्यवस्था थियो।

‘अबका दिनमा अस्पतालले क्वारेन्टानइन हटाइ संक्रमित व्यक्तिहरुको मात्र उपचार गर्ने छ,’ निर्देशक राजभण्डारीले भने। त्यस्तै त्यहाँ रहेर उपचार गरिरहेका एचआइभी संक्रमितलाई अन्य अस्पतालमा पठाइने तयारी भइरहेको पनि राजभण्डारीले जानकारी दिए।

निर्देशक राजभण्डारीका अनुसार आइतवार पनि चार जना आइसोलेसन र ६ जना क्वारेन्टाइन वार्डमा रहेर उपचार गरिरहेका छन्। आइसोलेसनमा रहेकाहरुको नमुना संकलन गरी कोरोना भाइरस परीक्षणका लागि पठाइसकेको छ भने रिपोर्ट भोलि आउनेछ।

हालसम्म यस अस्पतालले ६५ जना कोरोना भाइरस संक्रमित शंकास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार गरिसकेको उनले बताए।

प्रकाशित मितिः २०७६ चैत्र ०९ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *