सरकारको निर्देशनलाई वेवास्था गर्दे चिचिलाका विद्यालयहरु

भक्तपुर न्यूज

७ चैत २०७६ ११:१९

सरकारको निर्देशनलाई वेवास्था गर्दे चिचिलाका विद्यालयहरु

संखुवासभा । कोरोना भाइरस कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दे सरकारले देशभरका विद्यालयहरुलाई चैत्र ५ गते भित्र परिक्षा सक्न निर्देशन दिएको थियो । तर सङ्खुवासभाको चिचिला गाउँपालिकाले अवज्ञा गर्दे विद्यालयको परिक्षा सञ्चालन गरिएको छ । संक्रमणबाट बच्न शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारको निर्णय गाउँपालिकाले वेवास्था गरेको छ ।

चिचिला गाउँपालिकामा चैत्र–२ गते बाट १ देखि ९ कक्षासम्मको परिक्षा सञ्चालन गरिएको छ । सरकारले कोरोना भाइरस संक्रमणबाट वच्न अहिले देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने गरिसकेको छ । चिचिला गाउँपालिकालाई चैत्र –५ गते भित्र विद्यालयको परिक्षा सक्ने जिल्ला शिक्षा तथा समन्वय इकाईले पत्रचार समेत गरेको थियो ।गाउँपालिकाले तयारी नपुगेको भन्दै चैत्र २ गते बाट मात्र परिक्षा सञ्चालन गरेको जनाएको छ ।

प्रकाशित मितिः २०७६ चैत्र ०७ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *