बलात्कारीलाई नपुंशक बनाउन नायिका ज्यासमिनको माग

भक्तपुर न्यूज

१३ मंसिर २०७३ ७:४१

बलात्कारीलाई नपुंशक बनाउन नायिका ज्यासमिनको माग

एजेन्सी, १३ मंसिर । दक्षिण भारतीय नायिका मीर ज्यासमिनले बलात्कारीलाई नपुंशक बनाउनुपर्ने माग राखेकी छिन् । बलात्कारको शिकार भएकी एक दलित युवतिको आमाको साथमा पत्रकार सम्मेलनमा उपस्थित यी नायिकाले बलात्कारीलाई कार्वाही गर्ने कानुन भारतमा अप्रयाप्त भएको बताइन् । महिलामाथिको हिंसा नियन्त्रणका लागि बलात्कारीलाई पीडादायी सजाय दिनुपर्छ । यसका लागि सबै भन्दा प्रभावकारी उपाय भनेको बताल्कारीलाई नपुंशक बनाउनु नै हो उनले भनिन् ।

३४ वषीय मिना दक्षिण भारतकी प्रसिद्ध नायिका हुन् । उनले सन २००४ मा नेशनल अवार्ड पाएकी थिईन् । सन २००१ मा दक्षिण भारतीय फिल्मवाट करिअर सुरु गरेकी मिरा अहिले मलायम, तमील, तेलगु लगायतका चलचित्रमा अभिनय गर्छिन् । राजा राजेश्वर मन्दिरमा जर्बजस्ती पूजा गरेर उनी चर्चामा आएकी थिइन्, जुन मन्दिरमा गैर हिन्दुलाई पूजा गर्ने अनुमति छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *