जर्मनीमा कोरोनाभाइरस संक्रमित संख्या १ करोड पुग्ने चेतावनी
काठमाडौँ । आगामी महिनाहरुमा जर्मनीमा कोरोनाभाइरसबाट संक्रमित हुनेहरुको संख्या १ करोड पुग्ने डरलाग्दो चेतावनी त्यहाँका अधिकारीहरुले दिएका छन् ।
‘जर्मनीका जनताले कोरोनाभाइरस नियन्त्रणका लागि तय गरिएका उपायहरुको कठोर पालना गरेनन् भने आगामी महिनाहरुमा संक्रमित हुनेहरुको संख्या त्यति पुग्ने’ उनीहरुले चेतावनी दिएका हुन् ।
‘हामीकहाँ यो महामारी गणितीय हिसाबले बृद्धि भइरहेको छ,’ बर्लिनस्थित रोबर्ट कोच इन्स्टिच्यूटका अध्यक्ष लोथर वेइलेर भन्छन् ।
उनले ८ करोड जर्मन जनताहरुलाई अरुसँगको भेटघाटलाई सीमित गर्न पनि अनुरोध गरेका छन् ।
प्रकाशित मितिः २०७६ चैत्र ६ बिहीबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
