करिना आमा बन्दै
एजेन्सी, १३ मंसिर । भारतीय नायिका करिना कपुर आमा बन्ने भएकी छिन् । उनी आउँदो डिसेम्बर २० मा आमा बन्ने भएकी हुन् । करिनाका बुबा रणधिर कपुरले भारतीय समाचार संस्थासँग कुरा गर्दै आउँदो २० डिसेम्बरमा उनी आमा बन्ने बताए ।
रणधिरले भने हामी हाम्रो परिवारमा नयाँ सदस्यलाई स्वागत गर्न निकै आतुर भएका छौं । करिना र उनको पेटमा रहेको बच्चा स्वस्थ रहेको बताउदै रणधिरले डेलिभरी नर्मल हुने वा अप्रेशन गर्ने त्यस विषयमा निर्णय नभएको बताए । बच्चा जन्मिने बेलामा करिनाको स्वास्थ स्थिती विचार गरेर मात्रै अप्रेशन गर्ने वा नगर्ने बारे जानकारी दिने रणधिरको भनाई थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
